Monday, November 11
Shadow

बन्दुकधारीकाे आक्रमणले सेलायामा १० जनाकाे मृत्यु

सच तक नेपाल,
११ जेठ, सेलाया । बन्दुकधारीहरूले मेक्सिकोको मध्य शहर सेलायामा एउटा होटल र दुई ओटा बारमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ ।

आक्रमणमा एक आपराधिक समूह संलग्न रहेको अधिकारीहरूले बताएका छन् । आक्रमणमा दुई जना घाइते भएका छन् । गुआनाजुआटो राज्यको सेलायास्थित सुरक्षा सचिवालयका अनुसार मारिनेमा सात जना महिला छन् ।

आक्रमणपछि बन्दूकधारीहरुले आगो लगाइदिएका थिए । शवहरु टेबल र कुर्चीमा छरिएको अवस्थामा फेला परेका थिए । आक्रमणको उद्देश्य प्रष्ट हुन सकेको छैन ।

मेक्सिकोमा आपराधिक समूहले बारम्बार सर्वसाधारणलाई निशाना बनाउने गरेका छन् । लागुऔषध, तस्करीका कारण आपराधिक गतिविधि निरन्तर बढिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *