Tuesday, January 21
Shadow

असोज २८ देखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

सच तक नेपाल डेस्क,
१० जेठ, रौतहट । यही जेठमा हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो असोज २८ गतेदेखि हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले भने, “बजेट कार्यान्वयनको सवालमा सार्वजनिक खरिद ऐनलाई टेकेर गर्ने कुरा भयो । हामीले १३औँ सागमा जस्तै फास्ट ट्रयाकमा काम गर्ने योजना बनाएका थियौँ । तर, विविध कारणले त्यस्तो नहुने भएकाले हामीले प्रतियोगिताको मिति सार्नुपरेको हो ।”

यसअघि, यही जेठ २२ गतेदेखि २८ गतेसम्म उक्त खेलकुद गर्ने निर्णय गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *