Sunday, July 21
Shadow

पेट्रोलियम पदार्थको मुल्यमा पुर्न विचार गर्ने :उद्योग मन्त्री

सच तक नेपाल डेस्क,
१० जेठ, रौतहट । पेट्रोलियम पदार्थको मूल्यमा पुर्नविचार गर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै संयुक्त विद्यार्थी संगठनको ध्यानाकर्षण पत्र बुझ्दै उद्योग मन्त्री बडूले पेट्रोल, डिजेल र ग्यासमा भएको मूल्य वृद्धिका सन्दर्भमा पुर्नविचार हुने बताएका हुन् ।

उद्योगमन्त्री बडूले पेट्रोलियम पदार्थमा लगाइएको करबारे पुनः विचार गर्दै मुल्य समायोजन गर्नेबारे सरकार सकारात्मक रहेको बताएको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले अन्नपूर्णलाई जानकारी दिए । उनले भने, “हामीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै उद्योगमन्त्रीको ध्यानाकर्षण गरायौं । मन्त्रीज्यूले पुनःविचार गर्छु भन्नुभयो । हामीले पेट्रोलियम पदार्थ मूल्य वृद्धि फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्छौं ।”

पेट्रोलियम पदार्थ र ग्यासमा गरिएको अत्याधिक मूल्यवृद्धि पूर्ण खारेजी गर्नुपर्ने, मन्त्रालय र संयुक्त विद्यार्थी संगठनबीच विगतमा भएको सहमति कार्यन्वयन गरी एलपी ग्यास र मट्टीतेलमा विद्यार्थीलाई सहुलीयत दिनुपर्ने उनीहरुको माग छ ।

पेट्रोलियम पदार्थमा विभिन्न बहानामा लगाइएको अत्याधिक करबारे पुनः विचार गर्न सरकारसमक्ष ध्यानाकर्षण गराएका छन् । पेट्रोलियम पदार्थमा भएको भारतीय एकाधिकार खारेज गरी खुला प्रतिस्पर्धाबाट आपूर्ति गर्नुपर्ने,पेट्रोलियम पदार्थको कच्चा तेल प्रशोधन केन्द्र स्थापना गरी अन्य लाभ लिन समेत माग गरेका छन् ।

कुनै पनि बहानामा सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमलाई नीजिकरण गर्ने गरि गरिएको चलखेल खारेजको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *