Wednesday, January 15
Shadow

रौतहटका १५ पालिकाको मत गणना सार्वजनिक

प्रेम यादव
१० जेठ, रौतहट । स्थानिय तहको निर्वाचनमा रौतहटका १८ पालिका मध्ये १५ पालिकाको मत सार्वजनिक भएको छ । त्यस्तै बाँकी ३ पालिकाको अझै मत गणना जारी नै रहेको छ ।

वैशाख ३० गते भएको स्थानिय निर्वाचनमा ६ पालिकाको ११ स्थानमा २४ वटा मतदान केन्द्र रद्द भएको थियो । जसपछि पुनः ४ गते बाँकी पालिकाको मतदान भएको थियो ।

मत सार्वजनिक भएको मध्ये नेपाली काँग्रेसको अग्रता देखिएको छ । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका ५ नगरप्रमुख पदमा विजयी भएका छन् । राजपुर नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका, कटहरिया नगरपालिका र माधवनारायण नगरपालिकाको नगरप्रमुखका रुपमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

त्यस्तै १५ वटा पालिका मध्ये नेकपा एकीकृत समाजवादीका नगरप्रमुख पदमा उम्मेदवारी दिएका ४ जना विजयी भएका छन् । गौर नगरपालिका, राजदेवी नगरपालिका, बौधीमाई नगरपालिका र वृन्दावन नगरपालिकामा समाजवादीका नगरप्रमुखहरु निर्वाचित भएका छन् ।

विवाद कारण रौतहटका केहि स्थानमा पुन : निर्वाचन गर्नु परेको थियो । निर्वाचनमा विवाद हुनुको मुख्य दुई कारणहरु रहेका थिए । पहिलो कारण सुरक्षा व्यवस्थामा कमजोरी र अर्को करारका कर्मचारीलाई मतदान केन्द्रको जिम्मा दिनु ।

विवाद उत्पन्न भएको अधिकांश मतदान केन्द्रमा निर्वाचन कार्यालयले करारका कर्मचारी खटाएका थिए । स्थानिय तहका पूर्वजनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा नियुक्त गरेका कर्मचारीहरु सोही पालिकामा निर्वाचनमा खटिएर आउँदा उनीहरुको जनप्रतिनिधि तर्फको झुकाबले गर्दा धेरै ठाउँमा विवाद देखिएको स्थानियहरु बताउँछन् ।

प्रहरीको कमजोर निगरानी र कार्यदक्षताको कमीका कारणले साना विवादहरुले पनि उग्ररुप लिँदै झडपमा परिणत भएको थियो ।
त्यस्तै अब बाँकी ६ पालिका मध्ये नेकपा एमालेका २ नगरप्रमुख विजयी भएका छन् । नेकपा माओवादीका १ नगरप्रमुख विजयी भएका छन् भने लोकतान्त्रिक सामाजवादी पार्टिका २ कार्यकत्र्ता विजयी भएका छन् । त्यस्तै अन्तमा जनता समाजवादी पार्टिका १ कार्यकत्र्ता विजयी भएका हुन् ।

१५ पालिको मत सार्वजनिक भएपनि गरुडा नगरपालिका, गढीमाई नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको मत गणना भने अझै जारी छ ।

निर्वाचनमलाई वेवस्थित र सुरक्षा तरिकाले मतदान हुन प्रहरीले दुई दर्जन बढी हवाई फायर गरेका थिए भने ८ राउन्ड भन्दा बढी अश्रुग्याँस प्रहार गरेका थिए । केही जना स्थानिय घाइते भए भने १२ जना भन्दा बढी प्रहरी घाइते भएका थिए । ३ पालिकाको मत गणना जारी छ र बुधवार सम्म रौतहटको १८ वटै पालिको मत गणना सम्पन्न भइसक्ने निर्वाचन कार्यालय रौतहटको अनुमान छ ।

मत गणना जारी हुदाँ रौतहटको गरुडा नगरपालिकामा एमालेको अग्रता रहेको छ । त्यस्तै गढीमाई नगरपालिकामा जसपाको अग्रता देखिएको छ भने फतुवा विजयपुरमा माओवादीको अग्रता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *