Saturday, September 14
Shadow

भरतपुरको मेयरमा रेणु दाहाल विजयी

सच तक नेपाल डेस्क,
१० जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित हुनुभएको छ ।

उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । पछिल्लो मतपरिणामअनुसार करिब २ हजार मतगणना हुन बाँकी छँदा रेणुले प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग १२ हजार १४० मतान्तर कायम गर्नुभएको हो । दाहालले ५१ हजार ११२ मत पाउँदा सुवेदीले ३८ हजार ९७२ मत पाउनुभएको छ ।

अन्तिम परिणाम आउन बाँकी रहँदै उहाँ निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले सबै मतगणना भइसकेपछि मात्र नतिजा घोषणा गर्नेछ ।

उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले जित सुनिश्चित गर्नुभएको छ । अधिकारीले ५१ हजार ९०३ मत पाउँदा प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *