
सच तक नेपाल डेस्क,
९ जेठ, रौतहट । ट्याक्टरको ठक्करबाट रौतहटमा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
भारतको बिहार घोडासहन घर भएका जितेन्द्र साह कलवारको सवारी दुर्घटनामा परेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
बिआर ०५ बि ९०३६ नम्बरको मोटरसाइकलमा सवार जितेन्द्रलाई सोही विपरीत दिसाबाट आइरहेको ना ३ त ७०७२ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
रौतहटको देवाही गोनाही नगरपालिका धरहरी गोनाही सडकखण्ड अन्तर्गत भएको दुर्घटनामा परेर गम्भीर घाइते भएको उनलाई उपचारका लागि गरुडास्थित ग्राण्डी अस्पतालमा ल्याइएको थियो ।
अस्पतालमा उपचारकै क्रममा जितेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको हो । मृतकको शव पोष्टमार्टको लागि गौर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटना पश्चात् फरार भएको ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।