सच तक नेपाल डेस्क,
८ जेठ, रौतहट । रौतहटको गढीमाई नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकृकीत समाजवादीका कार्यकर्ताबीच झडप हुँदा दर्जनौँ व्यक्तिहरु घाइते भएका छन् ।
नेकपा एकृकीत समाजवादीबाट गढीमाई नगरपालिका वडा नम्बर १ हरइयाका रामपुकार यादव गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा विजयी भए पछि नवनिर्वाचित वडा अध्यक्ष यादवले आफ्नो वडामा शान्तिपूर्ण तरिकाले विजय जुलुस निकालेको बेला नेपाली कांग्रेसका निर्वतमान वडा अध्यक्ष रामविनय यादवका कार्याकर्ताहरुले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ।
शनिबार नवनिर्वाचित वडाअध्यक्ष रामपुकार यादवले गाउँमा बिजय जुलुस लगिरहेको क्रममा पूर्व वडाअध्यक्ष रामविनय यादवका समर्थक र रामपुकार यादवको समर्थक विच झडप भएको प्रहरीले जनाको छ ।
निवर्तमान वडा अध्यक्षको घरबाटो भएर जुलुस निकालिएको आक्रोशमा आफ्नो घरको छतबाट ढुङ्गा,मुडा गर्न थालेको आरोप लगाउदै नवनिर्वाचित वडा अध्यक्ष यादवले आफ्नो पक्षको दर्जनौं व्यक्ति र ३ जना सुरक्षाकर्मी घाइते भएको बताएका छन्।