Sunday, July 21
Shadow

मिर्चैया नगरपालिकामा माओवादी विजयी

सच तक नेपाल डेस्क,
७ जेठ, सिराहा । सिराहाको मिर्चैया नगरपालिकामा मेयर र उपमेयर दुवैमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय मिर्चैयाले शनिबार बिहान मेयरमा श्रवणकुमार यादव र उपमेयरमा जीवछी देवी निर्वाचित भएको घोषणा गरेको हो ।

मिर्चैयाका निवर्तमान मेयरसमेत रहेका यादवले पाँच हजार दुई सय ३३ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका सीताराम यादवले चार हजार सात सय १० मत ल्याए ।

उपमेयरमा निर्वाचित जीवछी देवीले ४४ मतान्तरसहित कांग्रेसकी अनिता साहलाई पराजित गरेकी छन् । उनले पाँच हजार ७० मत ल्याउँदा निकटतम् प्रतिद्वन्दी साहले पाँच हजार २६ मत प्राप्त गरेकी छन् ।

१२ वडा रहेको मिर्चैयामा एमालेले २, ५, ७, १०, ११, माओवादी केन्द्रले १, ६, ८, ९, जनमत पार्टीले ४, नेकपा (एकीकृत समाजवादी) ले १२ र स्वतन्त्र महिलाले ३ नं. वडामा जित निकालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *