प्रेम यादव
६ जेठ, रौतहट । वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा नवनिर्वाचित नगरप्रमूखहरुले सपथ ग्रहण गरेका छन् ।
रौतहट जिल्लाको विभिन्न पालिकामा भएको निर्वाचनमा विजयी भएका नगरप्रमूखहरु (मेयर)ले आज सपथ लिएका छन् । गौर नगरपालिकाको सभाहलमा आयोजना भएको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
गौर नगरपालिकाको नवनिर्वाचित शम्भु साहले सपथ ग्रहण गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका साहले कुल ६ हजार ३८१ मत प्राप्त गरेका थिए । त्यस्तै उनको निकटतम प्रतिस्पर्धी पूर्व मेयर अजय कुमार गुप्ताले ३ हजार ७५५ मत ल्याएका थिए ।
त्यसैगरी दुर्गा भगवती गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट नवनिर्वाचित अध्यक्ष शम्भु सिंहले पनि सपथ ग्रहण गरेका छन् । उनले कुल ४ हजार ४ मत ल्याउदै प्रतिस्पर्धि पूर्व अध्यक्ष अरुण कुमार सिंहलाई पराजित गरेका थिए ।
नेकपा एसबाट राजदेवी नगरपालिकाको नगरप्रमुख पदमा नवनिर्वाचित भिखारी राय यादवले पनि सपथ लिएका छन् । उनले कुल ६ हजार ९९९ मत ल्याउदै प्रतिस्पर्धी धिरेन्द्र कुमार सिंहलाई पराजित गरेका थिए ।
नगरवासीहरुलाई साक्षी मानेर गौर नगरपालिकाको नवनिर्वाचित मेयर शम्भू साह, राजदेवी नगरपालिकाको नगरप्रमुख भिकारी यादव, मौलापुर नपाको मेयर रीना साह, परोहा नपाका मेयर शेख वकील र दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भू सिंहले शपथ ग्रहन गरेका हुन् ।
आज भएको सपथ ग्रहणमा गौर नगरपालिका, परोहा नगरपालिका , मौलापुर नगरपालिका, राजदेवी नगरपालिका लगायत दुर्गा भगवती गाउँपालिकाका नगरप्रमूखहरुले सपथ लिएका छन् ।
सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहटका जिल्ला अधिकारी कृष्ण बहादुर साह, गौर नगरपालिकाका जनप्रतिनिधि लगायत अन्य जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।