Tuesday, January 21
Shadow

कञ्चनपुरमा माेटरसाइकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु

सच तक नेपाल डेस्क,
६ जेठ, राैतहट । कञ्चनपुरको भिमदत्त नगरपालिका–५ तिनतारामा विहीबारराति दुईओटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

गड्डाबाट सुकासालतर्फ जाँदै गरेको म २ प ८०२४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको म २ प २७६ नम्बरको मोटरसाइकल राति साढे ९ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका ८०२४ नम्बरको मोटरसाइकल चालक भिमदत्त नगरपालिका–१० का ३८ वर्षीय बिरेन्द्र चन्दको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

अर्को मोटरसाइकलका चालकलाई थप उपचारका लागी धनगढी पठाइएको ईलाका प्रहरी कार्यालय गड्डााचौकीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *