
सच तक नेपाल न्युज डेस्क,
४ जेठ, रौतहट । शैक्षिक सत्र २०७९ को नयाँ भर्नाको लागि हेटौडाको एक स्कुलले ७५ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । हेटौंडा–९ लामसुरेस्थित श्री कृष्ण आदर्श इङ्ग्लिस बोर्डिङ स्कूलले ७५ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।
छात्रवृति अन्तर्गत ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई ९५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्राध्यापक नवीन केसीले जानकारी दिए । प्रधानाध्यापक केसीकाअनुसार छात्रवृत्ति कार्यक्रममा नयाँ भर्ना हुन आउने र विद्यालयमा अध्ययनरत दुवै तर्फका विद्यार्थीलाई समानरुपमा प्रतिस्पर्धाको अवसर प्रदान गरिने छ । साथै प्रवेश परीक्षा यहि जेठ ७ गते शनिबारका दिन विद्यालय प्राङ्गणमा सञ्चालन गरिनेछ बताए ।
१ सय पूर्णाङ्कको प्रवेश परीक्षामा वस्तुगत प्रश्न सोधिने छ । उक्त परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थी छात्रवृत्तिका लागि योग्य हुने जानकारी प्रधानाध्यापक केसीले बताए ।
“कक्षा ५ देखि कक्षा ९ सम्म मात्र ७५ जना विद्यार्थीलाई कुल शैक्षिक शुल्क मध्ये ९५ प्रतिशत शैक्षिक शुल्क छात्रवृत्तिस्वरुप छुट गरिने छ । बाँकी ५ प्रतिशत रकम भने विद्यार्थीले आफै व्यहोर्नु पर्नेे” प्र.अ केसीले भने ।
शनिबार शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षाको नतिजा विद्यार्थीको अभिभावकको उपस्थितिमा सार्वजनिक गरिएको थियो । नतिजा सार्वजनिकसँगै विद्यालयले कक्षागत उत्कृष्ट ५ जना र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने कक्षाका १० जनाका दरले विद्यार्थीलाई मेडलसहित सम्मान गरेको थियो । नतिजा सार्वजनिक गर्ने अवसरमा विद्यार्थी, अभिभावक, स्थानीय समुदाय समेत सहभागी हुन पाउने गरी स्वास्थ्य शिविरको पनि आयोजना गरिएको हो ।
यसका साथै हरेक महिना विभिन्न स्वास्थ्यसम्बन्धी शिविरको आयोजनासंगै विद्यालयले शैक्षिक सत्र २०७९ मा हरेक विद्यार्थीको बिमा समेत गर्ने योजना रहेको विद्यालय व्यवस्थापनले जनाएको छ । बालबालिकालाई उत्कृष्ट शिक्षा प्रदान गर्नु नै श्री कृष्ण आदर्श बोर्डिंगले स्कुल मुल कर्तव्य रहेको विद्यालय समतिले जनाए ।
सहयोग : हेटौडा डायरी
SHREE KRISHNA AADARSHA SCHOOL IS HOME SCHOOL OF HETAUDA WHERE WE CAN FIND BEST EDUCATION IN BUDGET FEE IN COMPARISON TO BIG SCHHOLS IN HETAUDA AREA, INFRASTRACTURE WISE/FACILITY WISE / EDUCATION WISE AND MANY MORE IAM SATISFIED WITH IS SCHOOL.
यो समाचार देखेर मलाई खुशी लाग्यो र मेरो छोरा पनि यहि स्कुलमा पढ्छ आधुनिक तौरतरिकाले पठन पाठन गराइने भएकोले हेटौडाको अन्य ठुला स्कुलको तुलनामा याहाको फि पनि निकै सौलियत दरमै छ। म सन्तुष्ट छु। बिधालयको वेस्थापन बाट।