
प्रेम यादव,
४ जेठ, रौतहट । रौतहटको राजदेवी नगरपालिको मेयर पदमा भिखारी यादव निर्वाचित भएका छन् ।
स्थानिय तहको निर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टि (एकीकृत समाजवादी) तर्फबाट राजदेवीको मेयर पदमा उम्मेदवारी दिएका भिखारी यादव विजयी भएका छन् । “जनताले आफु माथि आशा र विश्वास गरेकोे प्रति म ऋणी छ’ नवनिर्वाचित मेयर यादवले भने । मैले सम्भव जति विकास गर्नेछु । सबैजना विश्वस्त हुनु उनले बताए ।
निर्वतमान मेयर धिरेन्द्र सिंहलाई ३ हजार ३४५ मतले पराजित गर्दै यादव विजयी भएका हुन् । कलम छापबाट उम्मेदवारी दिएका यादवले कुल ७ हजार ७२ मत प्राप्त गरेका हुन् । त्यस्तै उनको निकटतम प्रतिस्पर्धी धिरेन्द्र सिंहले ३ हजार ७०७ मत प्राप्त गरेका हुन् ।
त्यसै गरी उपमेयरमा नेकपा एसका राजकुमारी देवी निर्वाचित भएकी हुन् । उनले कुल ५ हजार ८४२ मत प्राप्त गरेका हुन् भने उनको प्रतिस्पर्धी नेपाली कांग्रेसकी अर्चना यादवले ३ हजार १४९ मत प्राप्त गरेका हुन् ।