Sunday, July 21
Shadow

चन्द्रपुर ४ काे अध्यक्षमा रवि राना निर्वाचित

सच तक नेपाल डेस्क,
३ जेठ, राैतहट । स्थानीय तहको निर्वाचनमा चन्द्रपुर नगरपालिका ४ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार रवि राना मगर निर्वाचित भएका छन । राना सहित उनको प्यानल नै बिजयी भएका हुन ।

वडा अध्यक्षमा जितेका राणाले ८२४ मत प्राप्त गरि बिजयी भएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाल कार्की ले ७९७ मत प्राप्त गरेका थिए । यसै गरि नेकपा एस का उम्मेदवार कृष्ण खड्काले ७७८ मत ल्याएका थिए भने माओवादी केन्द्र का उम्मेदवार डिम प्रसाद दुलालले ३९२ मत ल्याएका थिए ।

३० बर्षिय राना रौतहटमा वडा अध्यक्ष जित्ने संभवत पहिलो कम उमेरका बन्न पुगेका छन् । युवाहरु माझ लोकपृय राणा आगामी दिनमा सवैको सल्लाह र सुझाव लिएर वडा को विकास तर्फ अग्रसर हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *