Sunday, June 23
Shadow

काठमाडौंमा बालेन शाहले कटाए १० हजार , सबैलाई पछाडी छोडे

सच तक नेपाल डेस्क,
३ जेठ, रौतहट । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १० हजार मत कटाएका छन् ।

उनले अहिलेसम्म १०२४१ मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितलाई झण्डै ५ हजार मतान्तरले पछि पारेको छन् । स्थापितले ५४५३ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ४७४२ मत पाएकी छन् ।

अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ । यी सबै वडामा बालेनले सबैभन्दा धेरै मत पाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *