Tuesday, January 21
Shadow

देशकै कान्छाे गाउँपालिका अध्यक्ष बने राजा यादव

प्रेम यादव
२ जेठ, राैतहट । देशकै कान्छाे गाउँपालिका अध्यक्षका रुपमा राजा यादव निर्वाचित भएका हुन् । सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव ४०८१ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २३९२ मत ल्याए। स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले १७०७ मत प्राप्त गरेका छन्।

वैशाख ३० गते भएकाे स्थानिय तहकाे निर्वाचनमा सर्लाही जिल्लाकाे रामनगर गाउँपालिकाका अध्यक्षमा राजा यादव जित हासिल गरेका छन् ।

उनकाे जितले देशमा नयाँ रेकर्ड कायम भएकाे छ । २२ वर्षकाे उमेरमै प्रथम गाउँपालिका अध्यक्ष बन्न सफल भएका हुन् ।

त्यसैगरी उपाध्यक्षमा माओवादीकी गीता देवीले ३५२३ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले २६३७ मत ल्याएकी छन्।

२०७४ सालको निर्वाचनमा यहाँबाट नेपाली कांग्रेस कृष्णप्रसाद बर्मा अध्यक्षमा निर्वाचित भएका थिए। गएको वर्ष असार २० गते उनको निधन भएको थियो।

अध्यक्षमा निर्वाचित यादव पूर्वसांसद शिवपुजन राय यादवका छोरा हुन्। उनी काठमाडौंमा बिबिएस पढिरहेका थिए। यसपालि उनलाई बुवा यादवले गाउँपालिका अध्यक्षको उम्मेदवारी दिलाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *