Tuesday, June 18
Shadow

बालेनको जितमा २८ केजी खसीको बाजी

सच तक नेपाल डेस्क,
१ जेठ, रौतहट । यतिबेला काठमाडौं महानगरपालिकामा मतगणना चलिरहँदा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । उनले नेकपा एमालेका केशव स्थापित र नेपाली काँग्रेसकी सृजना सिंहलाई पछि पारेका छन् ।

बालेनको जीत हारबारे विभिन्न प्रक्षेपण भइरहेका छन् । योसँगै कतिपय व्यक्तिले यसमा बाजी नै राख्न थालेको खुलेको छ ।

रकम देखि खसी सम्मको बाजी चल्न थालेको छ । दुई व्यक्तिले लिखित कागज नै गरेर बालेनको जीत हारको बाजी राखेको सार्वजनिक भएको छ ।

बालेन साह जित्ने अनुमानहरु भइरहेपनि महानगरपालिकामा केही हजार मत मात्र गणना भएको छ । ५ प्रतिशत मात्र मत गणना गर्दा बालेनका समर्थनकहरु खुशियाली मनाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *