
प्रेम यादव,
१ जेठ, रौतहट । रौतहट जिल्लामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार एक पछि अर्को विजयी हुदैँछ । गौरमा विजयी सुरुवात सँगै अर्को जित पनि हासिल गर्न सफल भएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृह नगरमा कलम चुनाव चिन्हले दोस्रो जित हात पारेको छ ।
रौतहटको राजदेवी नगरपालिका वडा नं.१ मा नेकपा एसका तर्फबाट रहेका नरेश यादव जित हासिल गरेका छन् । निर्वातमान अध्यक्ष पुनः वडा अध्यक्ष पदमा जित हासिल गरेका हुन् । उनी सँगै उनको प्यानेल समेत विजयी भएका हुन् ।
त्यस्तै गौर वार्ड नं. १ मा नेकपा एसका तर्फबाट उम्मेदवार रहेका लालबाबु चौधरीले जित हासिल गरेका छन । निर्वतमान अध्यक्ष भरत साहलाई पराजित गर्दै लालबाबु विजयी भएका हुन । उनले कुल ८१५ मत ल्याउदा उनका प्रतिद्धन्दी लोसपाका भरत साहले ५१४ मत प्राप्त गरेका छन ।
अध्यक्ष नेपालको गृह नगरमा मेयरमा एसका शभ्मु साहको अग्रता कायम अझै नै रहेको छ । मत गणना प्रक्रिया जारी नै रहेको छ ।
