Wednesday, January 15
Shadow

दुई दिनपछि पनि सुरु भएन बृन्दावन र माधवनारायणको मतगणना

सच तक नेपाल न्यूज डेस्क,
१ जेठ, रौतहट । स्थानिय तह निर्वाचनमा मतदान सम्पन्न भएकोको दुई दिन बित्तिसक्दाँ पनि रौतहटको बृन्दावन र माधवनारायण नगरपालिकामा मतगणना अझै हुन सकेको छैन ।

बृन्दावन नगरपालिकामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएपनि मतगणनाको विषयलाई लिएर दलहरुबीच विवाद बढेको हो । आफू अनकूलका मानिस राख्ने विषयमा दलहरुबीच विवाद बढेपछि मतगणना ढिला भएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए ।

शुक्रबार राति सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने भनिए पनि आफ्ना अनकुलका मानिसहरु राख्ने विषयमा विवाद बढेपछि ढिला भएको प्रजिअ शाहीले भएको बताए । उनले चाडै सहमति गरेर मतदान सुरु गर्न अनुरोध गरेको जानकारी दिए ।

सुरुमा सहायक मतदान अधिकृत नागेन्द्र यादवलाई मतगणनामा राख्न नहुने एमाले र एकीकृत समाजवादी दलले अडान राखेपछि मतगणना प्रभावित भएको थियो । त्यसपछि यादव आफैं नबस्ने भनेर बाहिरिएका थिए ।

माधवनारायण नगरपालिकामा पनि दलहरुबीच मतगणनामा राख्ने प्रतिनिधि बारे विवाद बढेपछि ढिला भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *