Saturday, October 5
Shadow

इन्धन खपत कम गर्न आज देखि सातामा दुई दिन बिदा

सच तक नेपाल न्यूज डेस्क,
१ जेठ, रौतहट । सरकारले आजदेखि सातामा दुई दिन बिदा लागू गरेको छ । केहि दिन पहिलालाई जानकारी गराइएको नियम आजबाट कार्यवयनमा आएको छ ।

परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि लागू हुनेछ । सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

छोटो दिन हुने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म रहने जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक मात्रा बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेकोले इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।

निर्वाचन लगत्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

स्थानीय तहको चुनावलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ ।

वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर निर्घारण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *