
सच तक नेपाल डेस्क,
३० वैशाख, राैतहट । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटिएको छ । साे नगरपालिकाकाे वडा नं १ जेठरहियामा रहेकाे चिकना मतदान केन्द्र बाट मतपेटिका लुटिएको हाे ।
सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको निर्वाचन कार्यालय यमूनामाइ गाउँपालिकाका अधिकृत हरि प्रसाद शर्माले जानकारी दिएका छन् ।
मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए । अहिले त्यहाँ स्थिति तनावग्रस्त रहेको प्रहरीले जनाएकाे छ । मतदान अधिकृत लाई स्थानीयहरूले घेरा हालेका छन । ढुंगामुढा समेत भईरहेकाे बुझिएको छ ।
यस सम्बन्धमा जिल्ला निर्वाचन कार्यालय राैतहटका अधिकृत छाेटेलाल दास सँग साेध्दा यसकाे आधिकारिक पुष्टि हुन बाँकि रहेकाे बताए । यधपी विवाद पछि चुनाव स्थगित गरिएको बताए ।
त्यस्तै, राैतहटकाे बाैधिमाइ सरमुजवाकाे क र ख दुवै मतदानस्थल स्थगित भएकाे निर्वाचन कार्यालयका अधिकारी छाेटेलाल दासले जानकारी गराएका छन् ।