Sunday, June 23
Shadow

कुनै पनि मतदान स्थल स्थगित भएकाे छैन्: निर्वाचन प्रमुख

सच तक नेपाल डेस्क,

३० वैशाख, राैतहट । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको बताएका छन् । ‘केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुनेक्रम जारी छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भनेका छन्, ‘कुनैपनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन ।’

उनले देशभर स्थानीय तह सदस्य निर्वाचनमा उत्साहपूर्वक मतदान भइरहेको जनाएका छन् । ‘अहिलेसम्म केही स्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रुपमा मतदान भइरहेको छ,’ उनले भने ।

आज एकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन भइरहेको छ । आज विहान ७ बजेबाट मतदान सुरु भएको हो । मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *