Tuesday, January 21
Shadow

काठमाडौँ महानगरपालिकामा कुल १५६ केन्द्र र ३६३ मतदानस्थल

सच तक नेपाल डेस्क,
२९ वैशाख, रौतहट । भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ।

तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता रहेका छन् भने धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो ।

यस वडामा १८ हजार ९१३ जना मतदाता छन् । वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् भने वडा नं। १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा ३ हजार ७२९ मतदाता छन् ।

त्यस्तै वडा नं २३ मा ४ हजार ४७७ मतदाता रहेका छन् भने वडा २० मा ४ हजार ६१४ मतदाता छन् । कामपामा १५६ वटा मतदान केन्द्र तोकिएका छन् ।

यसमा ३६३ वटा मतदानस्थल छन् । वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो । यसमा ११ केन्द्र छन्।

वडा नं. १६ मा १० केन्द्र छन्। यो वडा धेरै केन्द्र भएका वडामध्ये दोस्रोमा पर्छ । वडा ७ र ३२ मा ९/९ वटा केन्द्र छन्। सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ नंं हो ।

यसमा एउटा मात्र केन्द्र छ। वडा १९, २० र २४ मा २र२ वटा मात्र केन्द्र छन् । यसैगरी वडा १, ५, ८, १२, १८ र २९ मा ३/३ वटा मतदान केन्द्र छन्।

सबैभन्दा धेरै मतदानस्थल भएको वडा १६ हो । यस वडामा २३ वटा बुथ छन् । वडा ३१ र ३२ मा २२/२२ वटा मतदानस्थल छन्।

धेरै मतदानस्थल भएको तेस्रो वडा १४ नंं हो भने यस वडामा २१ वटा मतदानस्थल रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *