Sunday, July 21
Shadow

गाैर सिमा नाका बन्द

सच तक नेपाल डेस्क,
२८ वैशाख, रौतहट । आसन्न वैशाख ३० को निर्वाचनको लागि मंगलवार राति १२ बजे देखि छिमेकी राष्ट्र भारत सँग जाेड्ने राैतहटका सम्पुर्ण नाका बन्द भएका छन् ।

शुक्रवार हुने स्थानिय निर्वाचनलाई शन्ति पूर्ण वातावरण बनाउनका लागि मंगलबार देखि छिमेकी मुलुक भारतसँग जोडिएको सीमा बन्द भएकाे छ । सीमा नाका निर्वाचनको ७२ घण्टा अगावै बन्द गर्ने निर्णय कार्यान्वयन भएकाे छ ।

आजबाट गौर भन्सारको मुख्य सिमा नाका, महादेवपट्टी, बेलविछवा नाका, बंकुल नाका लगायत सम्पुर्ण नाकाहरु सिल भएका छन् ।

भारतीय नम्बर प्लेटका सवारी साधनलाई समेत कार्वाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी)सुनिल मल्लले बताउनु भयाे । “हामी सबै सुरक्षाकर्मी निर्वाचनलाई शान्तिपुर्ण तरीकाले सम्पन्न गर्नलाई प्रयासमा जुटेका छाै ” उनले सच तक नेपाल लाई बताउनु भयाे ।

त्यस्तै वैशाख ३० गते (शुक्रवार) निर्वाचनको दिन अत्यावश्यक सवारी साधन र अनुमति पत्र प्राप्त सवारी साधन मात्र चल्ने जिल्ला प्रशासन कार्यालय रौतहटले विज्ञप्ति मार्फत जनाएको छ ।

शुक्रवार बिहान ५ बजे देखि बेलुकी ६ बजेसम्म एम्बुलेन्स, दमकल , शव वाहन, दूर सञ्चार सेवा, अस्पताल सेवा, विद्युत बाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन बन्द रहने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत बि.स. २०६४ सालमा रौतहटमा अति संवेदनशिल रहेको १२१ मतदानस्थलहरुलाई परिमार्जन गरेपनि हाल ८३ मतदानस्थल अझै संवेदनशिल नै रहेको छ ।

रौतहट जिल्लामा भारतसँग जोडिएको गौर, राजदेवी, इशनाथ, बौधीमाई, परोहा, र चुरेसँग जोडिएका चन्द्रपुर नगरपालिकासहित १४ पालिकाको ८३ वटा मतदान स्थल संवेदनशिल रहेको छ भने गरुडा, माधवनारायण, गुजरा नगरपालिका र यमुनामाई गाउँपालिकामा मतदानस्थल संवेदनशिल नरहेको बताइएको छ ।

रौतहटमा ११९ संवेदनशिल र ७४ सामान्य गरी २७६ मतदानस्थलमा ४७७ मतदान केन्द्र रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *