
सच तक नेपाल डेस्क,
२७ वैशाख, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा निर्वाचनमा चुनाव चिह्न रुखमा मतदान गर्न अपिल गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति समेत रहनुभएको देउवाले मंगलबार अपिल जारी गरी स्थानीय तह निर्वाचनमा चुनाव चिह्न रुखमा मतदान गर्न अपिल गर्नुभएको हो ।
देउवाले मंगलबार अपिल जारी गरी ‘अरू कुरा गर्छन्, हामी काम गर्छौँ’, ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ कांग्रेसको मूल मन्त्र भएको भन्दै रुखमा मतदान गर्न मतदातालाई अपिल गर्नुभएको हो ।
कांग्रेसको नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको उहाँले उल्लेख गर्नुभएको छ । संविधानलाई कुल्चेर पटक–पटक संसद् विघटन गरी अधिनायकवादी शैली प्रदर्शन गरेपश्चात् पाँचदलीय गठबन्धन बनेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1