Sunday, June 23
Shadow

एमालेका वडा अध्यक्ष उम्मेदवारका छोराले दलितलाई निर्मम कुटे

 

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा एमाले समुहको कुटपिटबाट नेपाली कांग्रेसका २ जना दलित कार्यकर्ता घाईते भएका छन ।

बरहथवा नगरपालिका -१५ का एमालेका वडा अध्यक्ष उम्मेदवार रामबहादुर चौधरीको छोरा अजय चौधरी सहित ओम प्रकाश चौधरी , अशोक चौधरी , मिथुन चौधरी र मुकेश पासवान लागयतको सामुहिक हमलाबाट नेपाली कांग्रेसका कार्यकर्ता बलिराम पासवान र जधु पासवान घाईते भएको हो ।

घाइते मधे गम्भीर रहेका जधु पासवानलाई नवजीवन होस्पिटल बरहथवामा उपचार भैरहेको स्रोतले जनाएको छ ।

बिगतको चुनावमा दलितकै भोट्बाट निर्वाचित भएका रामबहादुर चौधरी का छोराहरूद्वारा दलितमाथी भएको सामुहिक हमला निन्दनीय कार्य भएको भन्दै नेपाली कांग्रेस सर्लाही क्षेत्र न. -४ का युवा नेता निकेश त्रीपाठिले दोषीमाथि कारबाही हुनुपर्ने माग राखे। केही समयमा कांग्रेस जिल्ला कार्य समितिको आकस्मिक बैठक बसेर घटनाबारे थप पहल गरिने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *