प्रेम यादव
२३ वैशाख, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर चढेर रौतहटको सदरमुकाम गौर पुगेका हुन् ।
वैशाख ३० गते हुने स्थानिय चुनावको लागि वृहत आमसभामा सहभागी हुन् उनी रौतहट पुगेका हुन् । नेकपा एमालेबाट गौर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका अनिल कुमार मिश्रालाई समर्थन गर्न उनी आएका थिए ।
नेपाल प्रहरी कार्यालय रौतहटको व्यारक फिल्डमा हेलिकप्टरबाट आवतरण गर्दै उनी गौरको इतिहासिक राइसमिल पुगेका थिए । करिब १ घण्टा हेलिकप्टर होल्ड गराएर उनी पुर्ण रौतहटको चन्द्रपुर पुगेका थिए ।
स्थानिय तहको निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवारी दिएका उम्मदेवारहरुको मनोवल उच्च गर्न र चुनावी प्रचार प्रसारका लागि उनी रौतहट पुगेका नेकपा एमाले रौतहटले जनाएको छ ।
माधव नेपाल कुलङ्घार रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए । “घर परिवारमा वा पार्टीमा एउटा कुलङ्घार भए भने त्यसले विनास गर्छ ” उनले भने । माधव नेपालले पार्टी ध्वस्त पार्छ भन्ने थाहा पाए पछि सोही बेला आफु सर्तकता अपनाएको उनले बताए । रौतहट विकास नहुने प्रमुख दोषी माधव नेपालनै रहेको उनको आरोप थियो ।
ओलीको समर्थनमा हजारौ जनताको उपस्थिति र भिड थियो । भारतीय नम्बर प्लेटका गाडीहरुमा झण्डा भुण्ड्याई आचारसंहिताको धज्जिया उडाउँदै सयौं सवारी साधन उनको पछि थिए । लामो समयपछि रौतहटको गौर पुगेका पूर्वप्रधानमन्त्री ओलीलाई हेर्न हजारौं भिड जम्मा भएका थिए । प्रहरी पनि उनको सुरक्षामा पछाडी थिएन् । स्थानिय तहको निर्वाचनको लागि भर्ना भएका म्यादी प्रहरी देखि नेपाल प्रहरी र सशस्त्र लगायत ट्राफिक प्रहरी सम्म उनको सुरक्षामा जुटेका थिए ।
ट्राफिक प्रहरी कार्यालय रौतहटबाट खटिएका प्रहरीको पनि अहम भुमिका नै थियो । हेलमेटको समेत उपयोग नगरी र साथै एउटै भारतीय नम्बर प्लेटको मोटरसाइकलमा पार्टीको झण्डा बोकी ३ जना सवार भई केपि शर्मा ओली र पूर्व मन्त्री प्रभु साहको जय जय कारका नारा लगाउदै थिए । ट्राफिक प्रहरी लगायत अन्य सुरक्षा निकाय मौन भएर सवारी साधन व्यवस्थापनमा लागेका थिए ।
रौतहटको गौरमा आयोजित वृहत आमसभामा पूर्वमन्त्री प्रभु साह एमाले अध्यक्ष त्रिभुवन साह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।