Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने ३२ दललाई स्पष्टीकरण माँग | Sach Tak Nepal
Tuesday, March 25
Shadow

निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने ३२ दललाई स्पष्टीकरण माँग

सच तक नेपाल डेस्क,
२२ वैशाख, रौतहट । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने ३२ दललाई स्पष्टीकरण सोधेको छ ।

आयोगका अनुसार प्रमुख राजनीतिक दलहरूले नै निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ ।

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी छ ।

आयोगले जवाफ मागेकामा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ ।

तथापि आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक दल मुछिने क्रम घटेको छैन । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ३२ दल, उम्मेदवार तथा पदाधिकारीसँग जवाफ मागिएको जानकारी दिनुभयो । पाँच जनाको जवाफ अझै नआएको उहाँले बताउनुभयो ।

पछिल्लो पटक आयोगले नेकपा एमाले र नेपाली काँग्रेसलाई चुनावी प्रचारप्रसारको क्रममा बालबालिकाको प्रयोग गरेको सम्बन्धमा सो दलसँग जवाफ मागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *