Saturday, November 2
Shadow

बागी उम्मेदवारी दिने माओवादीका १४ जनालाई कारबाही

सच तक नेपाल डेस्क,
२० वैशाख, रौतहट । नेकपा माओवादी केन्द्र प्रदेश १ ले प्रदेशका विभिन्न जिल्लामा बागी उम्मेदवारी दिने १४ जनालाई कारबाही गरेको छ ।

बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भन्दै प्रदेश समितिले १४ जनालाई कारबाही गरेको हो ।

१२ जनालाई प्रदेश समितिले नै निलम्बन गरेको छ भने तीन जनालाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको छ ।

कारबाहीमा पर्नेहरुमा प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाल छन् । त्यस्तै साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल र सन्तोष सुवेदीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *