सचतक नेपाल,
१३ वैशाख, रौतहट । आसन्न स्थानीय तह निर्वाचनमा मधेश प्रदेशबाट ३४ हजार भन्दाबढीले उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार मधेश प्रदेशमा ३४ हजार ७ सय ४७ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका हुन्।
जसमा प्रमुखमा १ हजार ३०३, अध्यक्षमा ८ सय ६६, उपप्रमुखमा ६ सय २४, उपाअध्यक्षमा ४ सय ६१, वडाध्यक्षमा ८ हजार ३०४, महिला सदस्यमा ५ हजार ८०२, दलित महिला सदस्यमा ५ हजार ५०१ र सदस्यमा ११ हजार ८८६ जनाले उम्मेदवारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1