
सच तक नेपाल डेस्क,
१३ वैशाख, रौतहट । नेकपा माओवादीबाट भारी बहुमतले शम्भु सिंह सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।
दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष (मेयर) पदमा भारी बहुमतका साथ सिंहले उम्मेदवारी दिएका हुन् । युवाहरुको साथ उनले हिजो आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
वैशाख ३० गते हुन लागेको स्थानिय निर्वाचनका लागि उनले मनोनयन दर्ता गराएका हुन् । श्री सरस्वती माध्यमिक विद्यालयको भवनमा निर्वाचनको मनोनयन भएको थियो ।
हजारौँ संख्यामा देखिएको भिडले सिंहको पक्ष बलियो रहेको समेत प्रमाण दिन्छ । “जय जय शम्भु, घर घर शम्भु”को नारासाथ उनले सोमबार मनोनयन दर्ता गराएका थिए । सिंह लगायत माओवादीबाट उपमेयर र वडा अध्यक्षहरु पनि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1