Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
चितवनमा ठूला दलका उमेदवारले आज मनोनयन दर्ता गर्ने | Sach Tak Nepal
Tuesday, March 25
Shadow

चितवनमा ठूला दलका उमेदवारले आज मनोनयन दर्ता गर्ने

सच तक नेपाल,
१२ वैशाख,चितवन । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने आज अन्तिम दिन हो । एकै दिनमा मनोनयन दर्ता गर्दा निर्वाचन अधिकृतको कार्यालयमा धेरै चाप पर्ने भएकाले निर्वाचन आयोगले मनोनयन दर्ता गर्ने समय दुई दिन दिएको थियो । तर, ठूला दलका उमेदवारले भने आज अन्तिम दिन मनोनयन दर्ता गर्ने भएका छन् ।

आज नेकपा (एमाले)का उमेदवारले मनोनयन दर्ता गर्दैछन् । दिउँसो १ बजेअघि नै सक्नेगरी मनोनयन दर्ताको तयारी गर्न एमालेलाई आग्रह गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए । दिउँसो १ बजेदेखि गठबन्धन दलका उमेदवारले संयुक्त रुपमा मनोनयन गर्ने भएकाले त्यसअघि नै सक्न एमालेलाई भनिएको हो ।

भरतपुर महानगरमा एमाले र राप्रपाले तालमेल गर्ने सहमति भएको छ । मेयरमा एमालेबाट विजय सुवेदीले उमेदवारी दिने र उपमेयरमा राप्रपाबाट उमेदवारी दिने सहमति भएको हो । राप्रपाले भने अझैसम्म पनि उपमेयरको उमेदवारको टुंगो लगाइसकेको छैन ।

एमालेले माडीको उपप्रमुख छाडेर सबै पालिकामा प्रमुख र उपप्रमुखको उमेदवार टुंग्याइसकेको छ ।

माडीमा एमालेसँग तालमेल गर्ने भनिएपनि अझै सहमति नभएको राप्रपा नेत्री रिना गुरुङले बताइन् । माडीमा प्रमुख र उपप्रमुखसहित सबै पदमा राप्रपाले उमेदवार उठाउने तयारी गरेको उनले बताइन् ।

गठबन्धन दलका उमेदवारले मनोनयन दर्ता गर्न चौविसकोठीदेखि बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुग्ने कार्यक्रम बनाएका छन् । गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसले मनोनयन दर्ता गर्ने छ । कांग्रेसले पनि उपमेयरका उमेदवारको टुंगो अझै लगाएको छैन । कांग्रेसको असन्तुष्ट पक्षबाट पूर्वसांसद जगन्नाथ पौडेलले मेयरमा मनोनयन दर्ता गर्दै छन् ।

गठबन्धनले अन्य पालिकामा भागबण्डा मिलाएपनि उमेदवारको टुंगो लगाउन सकेको छैन । सम्भवत दिउँसो ११ बजेसम्म सबै टुंगो लाग्ने माओवादी केन्द्र चितवनका समन्वय संयोजक आरसी अधिकारीले बताए ।

हिजो भरतपुर महानगरमा साना दल र स्वतन्त्रतर्फका ११ जनाले मेयरमा, तीन जनाले उपमेयरमा र १५ जनाले वडाध्यक्षमा मनोनयन दर्ता गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *