Wednesday, October 9
Shadow

अक्सिजन प्लान्ट बिस्फोट : शरिरका अंश चारै तिर छरिए..

सचतक नेपाल डेस्क,
९ वैशाख, रौतहट । बागमति प्रदेशको ललितपुरमा रहेको लगनखेल पाटन औद्योगिक क्षेत्र स्थित सागरमाथा आक्सिजन प्लान्ट भित्र विस्फोट हुदाँ दुई जनाको मृत्यु भएको छ ।

बिहिबार बिहान आक्सिजन प्लान्ट भित्र विस्फोट हुदाँ एक जनाको घटनास्थलमै ज्यान गएको थियो भने अर्को उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा परेर ६ जना घाइते भएकाहरु समान्य उपचारपछि घर फर्किएका थिए । प्रहरी यो घटना बारे थप अनुसन्धानमा जुटेका छन् ।

समान्य दिन जस्तै..

सामान्य दिन जस्तै कामदारहरु धमाधम काम गर्दै थिए । अक्सिजन ग्याँस भर्दै जाँदा झण्डै एक दर्जन जति खाली सिलिन्डर भर्न बाँकी रहेको हुदाँ प्लान्टमा अक्कासी बिस्फोट भयो । बिस्फोटको आवाज औद्योगिक क्षेत्र भरिनै सुनियो । एकछिनमा सेना, प्रहरी र स्थानिय भेला भए । बिस्फोट लगतै सेना , प्रहरी उद्धार कार्य तिर खटिए । बिस्फोट हुदाँ भारतीय नागरिक वर्ष ४५ का बृज महतोको घटनास्थलमै ज्यान गयो ।

विस्फोटमा शरिरको अङ्ग छरिऐको अवस्थामा थियो  । प्रहरी अङ्ग संकलन तिर लागेका थिए । उनको शरिरको अङ्गहरु १०० मिटरसम्म छरिएका थिए । शरिरबाट छुटिएको केहि चोइटो त रोकिराखेको गाडी पछाडि भेटिएको थियो । “उ त्यहाँ गाडी पछाडि पनि केहि टुक्राहरु छन्”घटनास्थलमा भेला भएकाहरु भने । विपतको घरिमा घाइतेहरुलाई उचारको लागि दौडाइयो । नजिकैको पाटन अस्पतालमा लगियोको ७ मध्ये ६ जना समान्य उपचारपछि घर फर्किए । अर्का एक भारतीय नागरिकको पनि मृत्यु भयो । चिन्तापूर्ण अवस्थामा अस्पताल पु¥याइएका भारतीय नागरिक वर्ष २५ का राजकुमार महतोको उपचारको क्रममा पाटन अस्पतालमा ज्यान गयो ।

बिस्फोटमा परि ६ जना नेपाली घाइते समेत भएका थिए । घाइते हुनेहरु मध्ये पर्सा घर भई अक्सिजन प्लान्टमा कार्यरत ४३ वर्षीय रमेश अधिकारी ,ललितपुुरको महालक्ष्मी नगरपालिका – ८ की ३६ वर्षीय दुर्गा पुरी,गोदावरी नगरपालिकाका १९ वर्षीय सुदिप तिमलसिना, महाङ्कल गाउँपालिकाका इशवर भद्रगाइ, ओखल ढुङगा की अंजना पौडेल र चन्द्रगिरि नगरपालिकाका काठमाण्डौैं का ४९ वषीर्य गंगाराज शर्मा रहेका थिए । सबै उपचार पछि डिसचार्ज भए ।

म माथि खाना पकाउदै थिए । ललितपुुरको महालक्ष्मी नगरपालिका – ८ की ३६ वर्षीय दुर्गा पुरी भन्छिन्, “खाना पकाएर तलको कोठामा जादैँ थिए । एक्कासी, पड्किएको आबाज सुनियोे । के भयो, कसरी भयो केहि थाहा भएन् । बिस्फोट हुदाँ हामी सबै जना यही थियौँ । ” मलाई पनि चोट लाग्यो पुरी भन्छिन् ।

घटनास्थलको दृश्य भयावक थियो । जस्ता पत्ताले घेरिएका प्लान्टकाका जस्दाँहरु यत्र,तत्र छरपस्ट रहेका थिए । कार्यालयका शिशाहरु छरपस्ट भएका थिए । बिस्फोटले प्लान्ट क्षेत्र उजाडिएका थिए भने धेरैका अनुहार मलिन् थिए । कतिपय कामदार त प्लान्ट भित्रै बस्दै थिए । बिहीबार बिहानको यो घटना कारण ललितपुरनै सन्नाटा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *