सचतक नेपाल डेस्क,
६ वैशाख, राैतहट । बालिकालाई बलात्कार गरेको आरोपमा ४९ बर्षीय पुरुष पक्राउ परेका छन् । मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका निवासी ८ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४९ बर्षीय पुरुषलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
सोमबार साँझ पीडित बालिकाकी आमाले आफन्तबाटै छोरी पटक–पटक बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता गराएकी थिइन् । प्रहरीमा जाहेरी दर्ता भएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
आरोपितलाई हिरासतमा राखि थप अनुसन्धान सुरु गरिएको प्रनाउ कार्कीले बताए । पीडित बालिका बिरामी रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1