Sunday, January 19
Shadow

दुध बाेक्ने ट्यांकर भित्र अबैध रुपमा राखेकाे मलखाद्य नियन्त्रणमा

सचतक नेपाल,
४ वैशाख, सर्लाही । सशस्त्र प्रहरी बलको टोलीले दुध बोक्ने ट्यांकरभित्र मलखाद राखेर ल्याउँदै गरेको अवस्थामा ट्यांकर नियन्त्रणमा लिएको छ ।

शनिबार दिउँसो करिब २ बजे बरहथवाबाट नयाँरोडतर्फ आउँदै गरेको ना. ७ ख १०६६ नम्बरको दुध बोक्ने ट्यांकर सशस्त्र प्रहरी बल धरहरा बेस क्याम्पको टोलीले नियन्त्रणमा लिएको हो । बागमती नगरपालिका–२ स्थित धरहराबाट नियन्त्रणमा लिईएको दुध बोक्ने ट्यांकर भित्रको एउटा डिब्बामा २५ बोरा यूरिया मलखाद बरामद् भएको छ । तीनवटा डिब्बा मध्ये बीचको डिब्बा भित्र २५ बोरा मल राखिएको थियो ।

सशस्त्र प्रहरी बल धरहरा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक योग बहादुर थापा नेतृत्वको टोलीले मल बोकेको दुध बोक्ने ट्यांकर नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बल १० नम्बर गण कबिलासी पठाएको छ । ट्यांकरसँगै चितवनको खैरिनी–६ निवासी चालक ३६ वर्षीय शम्भु चौधरी र जुम्लाको चन्द्रनाथ नपा–३ निवासी २६ वर्षीय सहचालक खड्ग बहादुर खत्रीलाई समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएको नेपाल डेरी प्रालिको ट्यांकर, मलखाद र चालक तथा सहचालकलाई आवश्यक कार्बाहीका लागि मलंगवा भन्सार कार्यालय बुझाईने सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *