
रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने ७ महिला घाइते भएकी छिन ।
दुर्गा भगवती -१ (पिपरा) बस्ने नरेश राउतको छोरिको पुजा मटकोरमा सामुहिक गीत भैइरको बेला एकासी माईकबाट करेन्ट उत्पन्न हुँदा एक जनाको मृत्यु भएको छ भने सोही क्रमामा अन्य ७ महिला घाइते भएकी छिन ।
मृत्यु हुनेमा नरेस राउतकी ३० बर्षिय बहिनी सम्घरिया देवि रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
करेन्ट लागि गम्भीर घाइते भएकी सम्घरिया देविलाई नजिकको बागमती मेड्कलबाट सुकदेव चौक स्थित शिवदर्शन अस्पतालमा लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।
यस्तै घाईते भएकी स्थानीय ६० बर्षिय मन्तोरिया देवि , ७० बर्षिय मुनि राउत , ६५ बर्षिय केवला देवि , ५५ बर्षिय सुशील देवि र ६० बर्षिय हिरिया देविलाई स्थानिय बागमती मेडिकलमा उपचार भैइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1