सच तक नेपाल डेस्क,
३ वैशाख, रौतहट । अहिलेको परिस्थितीमा बिद्युत मात्र बेचेर देशले २० अर्बको आम्दनी गर्न सक्ने नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णा यादवले बताएका छन् । रौतहट जिल्लाको इशनाथमा आयोजित नव वर्षको शुभकामना आदान प्रदान कार्यक्रम अन्तर्गत उनले बताएका छन् ।
इशनाथ नगरपालिकामा नेपाली काँग्रेसको आयोजित नव वर्ष शुभकामना आदान प्रदान कार्यक्रम अन्तगर्त इशनाथमा बदलाव महिलाले नै गर्नेछ महिला नेत्री अन्जु झाले मन्तव्य राख्नुभयो ।
इशनाथ नगरपालिकाका मेयर पदको उम्मेदवार महिला नेत्री अन्जु झाको आयोजनामा नव वर्षको शुभकामना कार्यक्रम सम्पन्न भएको हो । नगरको विकासको लागि यस वर्ष झानै एक मात्र विकल्प रहेको त्यहाँका स्थानियहरु बताउँछन् ।
“अबको आउने समयमा नगरपालिका महिलाले नै चालाउनु पर्छ” समाजसेवी अन्जु झा भन्छिन् , “हामी मधेश प्रदेशमा बसेका छौँ, जहाँ जानकी माताले जन्म लिएका हुन् । समय परेको बेला महिलाले अग्नि परिक्षा पनि दिन्छ ।” त्यसैले महिला अब अगाडी बढ्नु पर्ने उनले भनिन् ।
भावनासँग खेल्ने दलालहरुसँग सावधान बस्न मधेश प्रदेशका सभापति कृष्णा यादवले आग्रह गरेका छन् । देशलाई ऋिणी बनाउने नै कम्निष्ठ रहेको समेत बताए । रौतहटमा गरुडा र इशनाथ यस्ता नगरपालिका हुन जसले भष्ट्रचारपनि लाठी देखाएर गर्ने गरेका उनले बताए ।
नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णा यादवको प्रमुख उपस्थितामा आजको कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै कार्यक्रममा पार्टिका उप–सभापति रामलोचन प्रसाद पासवान , रौतहट जिल्ला सभापति जितेन्द्र यादव लगायत अन्य जनप्रतिनिधिहरुको सभागिता रहेको थियो ।