Sunday, July 21
Shadow

सप्तरी: आगलागि हुँदा एक बालकको जलेर मृत्यु

सचतक नेपाल डेस्क,
२ वैशाख, राजविराज । सप्तरीको बोदे बरसाईन नगरपालिका-१० अमरैैयामा आज दिउँसो आगलागि हुँदा एक जना बालकको जलेर मृत्यु भएको छ ।

स्थानिय शत्रुधन यादवको घरबाट अचानक शुरु भएको आगलागीमा परेर उनकै ११ वर्षीय छोरा शैलेश कुमार यादवको मृत्यु भएको हो । आगलागिको बेला शैलेश घरभित्रै फसेको र परिवारका मान्छेलाई सोबारे जानकारी नभएकोले जलेर मृत्यु भएको स्थानियले जनाएको छ ।

आग्लागिमा यादवसहित छिमेकीहरु ओम यादव र मिन्टु यादवको एक-एक वटा घर जलेको स्थानियले बताएको छ । सो आगलागिमा के कति क्षति भएको हो भन्ने बारे तथ्यांक संकलनका कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *