Sunday, January 19
Shadow

छाेराले गरे आफ्नै बुवाकाे हत्या

सचतक नेपाल डेस्क,
२ वैशाख, राैतहट । मोरङको बेलबारी नगरपालिका–७ काफ्ले टोलमा छोराले आफ्नै बुवाको हत्या गरेका छन्। ३१ वर्षीय वासुदेव कार्कीले बिहीबार दिउँसो ६२ वर्षीय बुवा जयबहादुर कार्कीलाई घर आँगनमा पछारेर हत्या गरेको मोरङ प्रहरीले जनाएको छ।

‘अंशवण्डासम्बन्धी विवाद हुँदा बुवालाई आँगनमा पछारेर छोरा वासुदेवले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘अंशवण्डासम्बन्धी विवादलाई लिएर वासुदेव र उनका भाइ तीर्थराजबीच भएको झगडा छुट्याउन जाँदा बुवालाई वासुदेवले आँगनको ढुंगामा पछारेर घाइते बनाएको हो।’

दिउँसो साढे १२ बजेतिर छोराले आँगनमा पछारेपछि गम्भीर घाइते भएका वृद्ध बुवालाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम ल्याइएको र उनको उपचारकै क्रममा दिउँसो साढे ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न वासुदेवलाई पक्राउ गरी अनुसन्धान अघि बढाएइको छ भने अनुसन्धानका लागि भाइ तीर्थराजलाई नियन्त्रणमा लिइएको छ। वासुदेवले सुरुमा आमा ५८ वर्षीया उमादेवीलाई पनि कुटपिट गर्दा उनको अनुहार र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *