Sunday, July 21
Shadow

रौतहटका पत्रकार झा जनसेवा श्रीबाट सम्मानित

सच तक नेपाल डेस्क,
१ वैशाख, रौतहट । रौतहटका अग्रज पत्रकार प्रभात झा राष्ट्रिपति विद्यादेवी भण्डारीद्धारा जनसेवा श्रीबाट सम्मानित भएका छन् । राष्ट्रपति भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छन् ।

गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरु स्व तुल्सीलाल अमात्य, स्व मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व दुर्गानन्द झा, स्वरसम्राट स्व नारायणगोपाल गुरुवाचार्यलाई मानपदवी प्रदान गरियो ।

त्यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट राजनीतिज्ञहरू प्रदीप नेपाल, स्व पोष्टबहादुर बोगटी, स्व मार्शलजुलुम शाक्य, उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सुशोभन गरियो। विभूषण प्राप्त गर्नेहरुको सूची करिब पाँच सयको सङ्ख्यामा भएकाले अहिले कार्यक्रम जारी छ।

“पत्रकारिता क्षेत्रमा काम गर्दा निष्पक्ष,इमानदारिका साथ कलम चलाइयो भने पकै राज्यले एक दिन पत्याउने छ । जसको फल स्वरुप परिणाम सबैको सामु छ ।” राष्ट्रिपतिबाट सम्मानित भएका प्रभात झा भन्छन्, “आज भएको विभुषण प्रदान अबको आउने पीढीका लागि प्रेरण बनेको छ ।” निष्पक्ष, निसर्वाथ भावनाले काम गरियो भने जिल्लामा नपत्याए भने पनि राज्यको कुनै न कुनै अंग पत्याएर कदर गर्नेछन् र एक दिन देशको सर्वोच्च सम्मान पाउन सकिन्छ पत्रकार झाले सचतक नेपाललाई बताए ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाँणलगायत मन्त्रीगण र उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *