Sunday, June 23
Shadow

यमूनामाईमा एक महिलाकाे शव फेला

सचतक नेपाल,
२५ चैत, राैतहट । रौतहटको यमुनामाईमा आज एक महिलाको शव फेला परेको छ ।

यमुनामाई गाउँपालिका २ भेडियाही लमहा नदीमा शुक्रबार एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । लमहा नदीको बीच भागमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोली घटनास्थलमा पुगेको छ ।

फेला परेको मृतक महिलाको हाल पहिचान खुल्न नसकेको छैन् । यसबारे अनुसन्धान सुरु भएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *