सच तक नेपाल,
कोलम्बो । श्रीलंका सरकारले आज (शनिबार) देखि लागु हुनेगरी देशव्यापी संकटकालको घोषणा गरेको छ ।
खाद्यान्नलगायत हरेक चीजको महँगी बढ्नुका साथै विभिन्न अत्यावश्यक सामानको अभाव भएपछि संकटकालको घोषणा गरिएको हो ।
श्रीलंकामा राष्ट्रपति विरुद्धको प्रदर्शन उग्र बन्दै गएको छ । आर्थिक संकट, खाद्यान्न अभाव, महंगी र लोडसेडिङको विरोधमा आन्दोलन चर्किएपछि सरकार संकटकाल घोषणा गर्न बाध्य भएको हो ।
प्रदर्शनकारीले राष्ट्रपति गोटबाया राजपाक्षेको निवास बाहिर कफ्र्यु तोडेर प्रदर्शन गरेका छन् । राजधानी कोलम्बोमा प्रहरीको उपस्थिति बढाइएको छ । स्थिति थप गम्भीर हुन सक्ने भन्दै राष्ट्रपति राजपाक्षेले संकटकाल घोषणा गरेका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अहिले यस देशमा अभाव र मूल्य बृद्धिले सर्वसाधारणको दैनिकीमा धेरै नै असर परेको छ । यहाँ इन्धन र विजुलीसमेतको अभाव भएको छ । श्रीलंकामा हरेक चीजको मूल्य बृद्धि भएसँगै अभाव सिर्जना भएको छ ।
महँगी र अभाव हटाउन माग गर्दै जनताले सुरु गरेको ओन्दालन हिंसात्मकसमेत भएको छ । संकटकाल घोषणा भएसँगै हिंसात्मक प्रदर्शनमा उत्रिनेहरूलाई वारेन्टविनै पक्राउ गर्न आदेश दिइएको छ । श्रीलंकामा दैनिक १३ घण्टासम्म विद्युत कटौती पनि हुने गरेको छ ।