Sunday, June 23
Shadow

स्थानीय चुनावका लागि २ लाख ५० हजार सुरक्षाकर्मी परिचालन हुने

सच तक नेपाल डेस्क,
१६ चैत, राैतहट । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

सरकारले स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका लागि आवश्यक तयारी भइरहेको हो । स्थानीय तह नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी खटाइँदै छ । यसैगरी म्यादी प्रहरी पनि भर्ना गरेर खटाइँदै छ ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार नेपाल प्रहरीबाट ६२ हजार बढी प्रहरी खटाइँदै छ । यस्तै, म्यादी प्रहरी १ लाख खट्नेछन् । सशस्त्र प्रहरीबाट ३२ हजार, सेनाबाट ७० हजार सुरक्षाकर्मी खटनपटनको तयारी भइरहेको छ ।

-राजधानी दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *