Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
जनकपुरमा साहित्य-कला तथा नाट्क महाेत्सवकाे आयाेजना | Sach Tak Nepal
Tuesday, March 25
Shadow

जनकपुरमा साहित्य-कला तथा नाट्क महाेत्सवकाे आयाेजना

सच तक नेपाल,
१४ चैत, जनकपुर । मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा तीन दिवसीय ‘जनकपुर साहित्य–कला तथा नाट्य महोत्सव’ को आयोजना हुने भएको छ।

मैथिली विकास कोषको आयोजनामा चैत २३ गते देखि २५ गतेसम्म महोत्सवको आयोजना हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए।

मिथिलाको साहित्यबाट राष्ट्रलाई परिचित गराउने, आधुनिक तथा मौलिक कलारुपको प्रर्दशन तथा विमर्श, साहित्यकला र कलाकारको प्रर्वद्धन एवं पर्यटन प्रर्वद्धन तथा देशी–विदेशी पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावनाको खोजी गर्ने मूल उद्देश्यका साथ महोत्सवको आयोजन गर्न लागिएको अध्यक्ष चौधरीले बताए। उनले मिथिला संस्कृतिको विशिष्टताबाट परिचय गराउने र नेपालको आधुनिक रंगमञ्च, कला, संगीत, नृत्य वा साहित्य समृद्धिको लागि प्रयत्न महोत्सवको रहेको बताए।

यस महोत्सवले समग्र नेपाली सभ्यतालाई समृद्ध तथा बहुआयामी बनाउने दाबीसमेत गरेका छन्। नेपालभित्रका विभिन्न सांस्कृतिक क्षेत्र र भाषा–भाषीबीच सांस्कृतिक सम्बन्धको विस्तार तथा स्वीकारोक्तिको संस्कार बलियो बनाउने उनको विश्वास छ।

महोत्सवमा ५ वटा नाटक समावेश गर्ने तयारी भइरहेको छ। त्यस्तै, सांस्कृतिक कार्यक्रमका साथै विभिन्न विमर्शमा ९ वटा सत्र हुनेछ र त्यसमा १२० जना सहभागी रहने उनले जानकारी दिए।

अध्यक्ष चौधरीले भने,‘नेपालको दोस्रो र मधेश प्रदेशको सबैभन्दा बढी बोलिने जनताको भाषा मैथिली हो। आठौँ शताब्दीदेखि साहित्य लेखनको निरन्तरता र सम्पूर्ण भारोपेली भाषा परिवारकै जेठो र समुन्नत भाषा मैथिली नेपाल तथा भारतमा बोलिनेहरुको ठूलो संख्या भए पनि हाल यस प्रदेशको राजधानी जनकपुरधाम मैथिली भाषा साहित्य र संस्कृतिको मुख्य केन्द्रको रुपमा स्थापित छ,’चौधरीले भने,‘ विगतमा भव्य रुपमा यस्ता तीनवटा आयोजना कोषले सम्पन्न गरिसकेको छ।’

महोत्सवमा नेपाल तथा भारतका विभिन्न विषय विज्ञलाई आमन्त्रण गरी जनसरोकारका विषयसहित राज्यको नीतिगत तहमा सुझावसमेत प्राप्त हुनेगरी विषय निर्धारण गर्ने जनाइएको छ।

महोत्सवमा नाटक प्रदर्शन, संगीत तथा नृत्य प्रदर्शन, मैथिली चित्रकला तथा हस्तकलाको प्रदर्शनी, पुस्तक प्रदर्शनी र एक दर्जन भन्दा बढी विभिन्न विषयहरुमा विमर्श गर्ने गरिएको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *