सचतक नेपाल , चैत्र १४
जितेश यादव ✍️ सर्लाहिको धनकौल गाउँपालिका वडा न.-५ ( हरकठवा) को दलित बस्तीमा भएको आगलागीमा घर क्षति भएका परिवारलाई राहत स्वरुप खाधान सहित लत्ताकपडा सहयोग गरिएको छ ।
नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य तथा सर्लाही क्षेत्र न. ४ का नेता राम बहादुर( Ram bahadur ray ) को ब्यक्तिगत खर्चबाट आगलागी पिडितलाई राहत समाग्री सहयोग गरिएको हो ।
सोमबार अग्नि पिडितको बस्तिमै पुगेर नेता यादवले पीडित १५ परिवारलाई २५ किलोको दरले चावल , त्रीपाल, सौल सहितका लत्ताकपडा सहयोग गरेका हुन ।
गत शनिवार दिउँसो १ बजेको करिवमा धनकौल गाउँपालिका-५ (हरकठवा) को दलित बस्तिमा आगलागी हुँदा १३ घर जलेर खरानी बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
2
+1
+1
+1
+1
1