सच तक नेपाल डेस्क,
जनकपुरधाम । आउदो स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगर पालिकाबाट उपमेयरमा नेपाली कांग्रेसले कुन उम्मेदवारलाई टिकेट दिने अहिले जनकपुरमा चर्चाको विषय बनेको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा कांग्रेसले उपमेयर पदको लागि कसलाई चुन्ने भन्ने विसय अहिके चिया पसल देखी पान पसल सम्म चलेको छ । कांग्रेस बाट उपमेयरको लागि झन्डै आधा दर्जन महिलाहरू आकांक्षी रहेको छ । तर मुख्य रुपमा तीजनाको नाम सर्वाधिक चर्चामा रहेको छ । रिंकू कुमारी मिश्र (गायत्री), नीलम कर्ण र सम्झना वर्माको चर्चा बढी छ ।
संचारकर्मी रिंकू प्रेस यूनियन बाट अहिले नेपाल पत्रकार महासंघका केन्द्रीय सदश्य छीन भन्ने नीलम कर्ण यस अघि भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस बाट उपमेयरमा उठेकि थिइन तर पराजित भईन । सम्झना वर्मा प्रवल उम्मेदवारको रुपमा रहेपनी पच्छिलो समय ऊनि कांग्रेस जिल्ला अधिवेशनमा निधि गुट परिवर्तन गरेकी थिईन ।
विजेता र रुना कांग्रेसको नगर भित्र चर्चित अनुहारमा पर्छीन । तर नेपाली कांग्रेसले भने यस पटक यस क्षेत्रमा लोकप्रिय , जनप्रिय र पार्टी प्रति जिम्मेवारलाई नै अवसर दिने जानकारहरू बताउछन । नगर भित्र सामाजिक सञ्जालमा संचारकर्मी रिंकू मिश्रको प्रभाव अन्यको तुलनामा बढी चर्चा हुने गरेको छ ।
प्रेस यूनियन बाट पहिलो पटक भएको प्रदेशको निर्वाचनमा महिला उपसभापति निर्वाचित भएकि रिंकूलाई यूनियनले महिला मधेशीबाट केन्द्रमा चुनावी मैदानमा उतारेको थियो । रिंकूले जितपनी हाशिल गरिन् । चुनावमा खास टिकट कस्ले पाउने भने यकीन भन्ने अवस्था छैन ।
कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिको आधार क्षेत्र समेत रहेको जनकपुरमा निधिले यस मध्ये आमजनमा सबैभन्दा पकड र पार्टी प्रति जिम्मेवारलाई टिकट दिने सूत्रको दावी छ । निधि पार्टी विधि पद्घतिको वकालत गर्ने ब्यक्ति भएको कारण सही उम्मेदवार नै आउनेमा निधि निकटहरू बिस्वस्त छन ।