Wednesday, January 15
Shadow

जिर्ण बन्दै रामायण भवन , मौन गूठी

सच तक नेपाल डेस्क,
जनकपुरधाम । नेपालकै एतिहासिक धार्मिक र पर्यटकीय स्थलले परिचित जनकपुरधामकाे रामायण भवन संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ ।

भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर जानकी मंदिर निर्माण गराएकी थिइन्  । ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ । सन १८९४ मा शिलान्यास भई सन १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो ।

तुलसी दासद्वारा रचित रामचरित मानस लेखिएको सो भवनको संरक्षण तर्फ कुनै निकायले ध्यान दिन नसक्दा रामायण भवनको अस्तित्व नै मेटिने खतरा बढेको छ । ऐतिहासिक भवनको भिता र परख़ालमा लेखिएको रामायणका स्लोक र अक्षरहरु मेटीन थालेका छन् । मधेश प्रदेशको स्थायी राजधानि, रामचौक स्थित धनुष सागर पोखरीको डीलमा रहेको रामायण भवनको भित्री भित्तामा रामचरित मानस लेखिएको छ भने सीतारामको विवाहसंग सम्बन्धित तस्वीरहरु कुँदिएका छन् । तर भितामा लेखिएको श्लोक मेटीन थालेको छ । भीत्ताका अक्षर मेटिन थालेको मात्र होइन छतको भिता चर्केर टूटन थालेको सहजै हेर्न सकिन्छ ।

 

केही वर्ष अगाडीसम्म रामायण भवन श्रद्धालु भक्तजनहरुको लागि अकार्षणको केन्द्र नै थियो । जनकपुरधाम आउने पर्यटकहरु जानकी मन्दिर, राम मन्दिर, राजदेवी मन्दिरमा पूजा गरेपछि सो भवनमा समेत पूजा अराधनाका लागि पुग्ने गर्थे । रामायण भवन हेर्न आउने गर्थे । पछि सत्यसाई केन्द्र नामक संस्थाले सो भवनमा कब्जा गरेपछि भक्तजनहरु त्यहाँ जान छोडे । अचेल भवन सर्व साधारणका लागि बन्द गरिएको छ । पालीकाको चरम लापरवाही र गुठी संस्थान जनकपुरको मुक दर्शिताको कारण नै रामायण भवन मृत्युशैयामा पुगेको छ ।

स्थानीय युवा क्लव र पालीका स्वयं ले त्यहां भवन तल खुद्रा व्यापारीलाइ पैसा लिएर भाडानै लगाएको छ । साना खुद्रा व्यापारीले धर्माशाला कब्जा गरे पछि पर्यटक र घुम्न आउनेहरु धर्मशालाको प्रयोगबाट बंचित छन । रामायण भवनमा जानुस त्यहाँ ठुलो ताल्चा नै लागेको हेर्नु हुन्छ । यस अघि पनि सत्यसाई केन्द्रले रामायण भवनमा कब्जा जमाएपछि गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले अभियान चलाएर खाली गराउन सफल भएका थिए ।

रामायण भवनमाथी रहेको सत्य साईं केन्द्रको कब्जा हटाउन मंच पुनरावेदन अदालत पुगे र अदलातले सत्यसाई केन्द्रलाई हट्न आदेश सुनाएको थियो । केन्द्रको कब्जाबाट रामायण भवन मुक्त भएपनि सरोकार वालाले ध्यान न दिएको कारण अहिले सो भवन जिर्ण भएको छ । रामायण भवनको नाउँमा काठमाडौँमा अक्षय कोषमा ३ करोड ३ लाख रुपैया जम्मा रहेको छ । सो रुपैयाकै ब्याजबाट पनि रामायण भवनको जिर्णोद्धार गर्न सकिने छ । तर सो दिशामा गूठी संस्थानले ध्यान दिएको छैन ।

रामायाण भवनको नाउँमा रहेको ११ बिघा जग्गा बेचेर सो अक्षय कोष खडा गरिएको थियो । रामायण भवनको नाउँमा धनुषाको धारापानीमा रहेको ११ बिघा जग्गामा नेपाली सेनाले क्याम्प निर्माण गरेपछि सो जग्गा सेनाले नै खरिद गरेको थियो । नेपाली सेनाले सो जग्गा ४ करोडमा खरिद गरेको थियो । सोही ४ करोड रुपैयाँको काठमाडौँमै अक्षय कोष खडा गरिएको थियो तर अहिले अक्षय कोषमा ३ करोड ३ लाख रुपैयाँ मात्रै रहेको छ । बाँकी ९७ लाख रुपैयाँको हिनामिना भई सकेको छ । अक्षयकोषको विषयमा गुठी संस्थान संग सोधखोज गर्दा अक्षय कोषको विषयमा कुनै जानकाररी नरहेको कार्यालयले बताए । रामायण भवनको सौन्दर्यीकरण तथा जिर्णोद्धारका लागि गुठी कार्यालय गम्भिर देखिएको छैन ।

२०७१ सालमा केन्द्रिय गुठी कार्यालयले रामायण भवनको सौन्दर्यीकरण एवंं जिर्णोेद्धारका लागि २५ लाख रकम छुट्याएको थियो तर सो रकमको पनि अत्तो पत्तो छैन । जिर्णोद्धारका लागि २५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो तर समयमा रकम निकाशा न भएपछि बजेट फ्रीज भयो । आर्थिक वर्ष २०७५/७६ र ७६/ ७७ गरेर ६० लाख रुपैया रामायण भवनको जिर्णोद्धारका लागि बजेट छुट्याइएको थियो तर निकासा भएन । एक पटक भने वृहतर जनकपुर क्षेत्र विकाश परिषदले भवनको मरम्मत संहार गरेको थियो । समयमा यो एतिहासीक स्थल र भवन लाइ संरक्षण गर्न नसके रामायण भवन को अस्तीत्व नै समाप्त भएर जाने प्रायः निश्चित छ । जनकपुरको ऐतिहाशिक रंगभूमि मैदान बारहबीघा र तिरहुतिया गाछी पनि संरक्षणको अभावमा लथालिंग छ ।

जानकी मन्दिर नगरीपवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो ।

तस्विर : स्राेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *