Wednesday, January 15
Shadow

जनताको प्रश्न : १०० डीलक्स शौचालय र ३२ पोखरी सौन्दर्यकरणको करोंडो रुपैया ? खोइ ?

सच तक नेपाल डेस्क,
जनकपुरधाम । जनकपुरधामलाई सुन्दर र पर्यटकीय स्थलको रुपमा विकास गर्न र आकर्षणको स्थल बनाउनका लागि ४५ करोडको परियोजना भए पनि संचालन भने अझै हुन सकेको छैन् ।

सहरी विकास मन्त्रालयले सोही अनुसारको योजनालाई स्वीकृति दिएको थियो तर टेण्डर र योजना समयमा सञ्चालन गर्न नस त्यो सौन्र्दीकरणको योजना नक्सामै समिति भयो । योजना अन्तरगत ३२ वटा जनकपुरधामका ऐतिहासिक पोखरीहरुको सौन्दर्यीकरण गर्ने पर्ने थियो ।

त्यति मात्र नभएर सोही परियोजना अन्तरगत १०० वटा डिलक्स सौचालय बनाउने योजना समेत रहेको थियो । तर अहिलेसम्म भने एउटा डिलक्स सौचालयको काम पनि पूरा हुन सकेको छैन । निर्माण त टाढाको कुरा भयो तर अधिकांश डिलक्स सौचालयको त कामै शुरु हुन सकेको छैन ।

बरु उनले जनकपुरधामको जानकी मन्दिरको फलवारी अतिक्रमण गर्न सफल भएको छ । भने जनकपुरधाम स्थित गोरधोइ पोखरी समेत अतिक्रमण गराउन सफल भएका छन् । जुन जनभावना विपरित हो ।

जनकपुरधाममा बेरुजुको चांग

जनकपुरधाम उपमहानगरपालिका वित्तिय अनुशासन कायम गर्न समेत असफल देखिएको छ । आर्थिक वर्ष २०७४/०७५मा २५ करोड ८४ लाख ७७ हजार बेरुजू देखिएको छ । जसमध्ये असुल गर्नुपर्ने २ करोड ६७ लाख २८ हजार, नियमित गर्नुपर्ने ५ करोड ६६ लाख ५५ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १ करोड १४ लाख ३२ हजार र पेश्की १६ करोड ३६ लाख ६२ हजार रहेको छ ।

त्यसपछि जनकपुरधाम उपमहानगरपालिकाले एक आर्थिक वर्ष आफनो लेखा परिक्षण नै गराएन । आर्थिक वर्ष २०७६/०७७ मा ३५ करोड ५७ लाख ३२ हजार बेरुजु देखिएको छ । जसमध्ये असुल गर्नुपर्ने १ करोड ७४ लाख ३ हजार, प्रमाण पेश गर्नुपर्ने २२ करोड १७ लाख ३ हजार, नियमित गर्नुपर्ने ७ करोड ७ लाख ९३ हजार र पेश्की ४ करोड ५७ लाख १८ हजार रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *