Wednesday, January 15
Shadow

रामनगरकाे अध्यक्षमा राजा यादवकाे चर्चा

सच तक नेपाल डेस्क,
सर्लाही । सर्लाहीको दक्षिणी र पक्षमी भु- भागमा अवस्थित राम नगर गाउँपालिकाको अध्यक्ष पदमा राजा यादवको चर्चा व्यापक रुपमा सुरु भएकाे छ ।

युवा निकै चर्चित बनेका यादवकाे व्यापक चर्चा सुरु भएकाे छ । युवा माझ लोकप्रियता बतुल्न सफल राम नगर -५ का बर्ष २३ को राजा यादव माओवादी केन्द्रबाट अध्यक्ष पदमा लड्ने घोषणा गरेपछि चौतर्फी चर्चाका पात्र बनेका हुन ।

हजारौं युवाहरुको समर्थन साथ चारै तीरबाट भरपुर सहयोग प्राप्त भएकोले आफु चुनावी मैदानमा उत्रेको र जित पनि सुनिश्चित रहेको उम्मेदवार रयादवकाे भनाइ छ ।

यादवले राम नगर गाउँपालिका ५ बर्षको अवधिमा अन्य पालिका भन्दा निकै तल्लाे तहमा रहकाे बताए । “आफू जितेपछी जिल्लाकै सर्व-श्रेष्ठ गाउँपालिकाको रुपमा रामनगरलाई परिचित गराउने प्रतिबद्धता समेत जनाए ।

समाजिक सद्भाव , भौतिक पुर्वाधार , शिक्षा , स्वास्थ र बेरोजगारी लगायतको समस्या हल गर्न आफू चुनावी रणभुमिमा उत्रेको युवा राजा यादवले प्रतिबद्धता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *