Saturday, September 14
Shadow

युवा डा.सज्जनको मेयरमा चर्चा

सचतक नेपाल डेस्क,
जनकपुरधाम, १० चैत । प्रदेश नम्बर २ स्थित महोत्तरी जिल्लाका स्थायी वासिन्दा युवा दन्त , निकै नै चर्चित चिकित्सक डा.सज्जन ठाकुरको मेयर पदको लागि उम्मेदवारी दिने चर्चाको विषय बनेको छ । उनी नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट प्रदेश प्रतिनिधिमा चयन भएका हुन् ।
डा.ठाकुर महोत्तरीको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (क) का लागि प्रदेश प्रतिनिधि पदमा चयन भएका हुन् । २४ जना स्वतन्त्र उम्मेदवार बाट सर्वाधिक मत ल्याउने सफल भएका थिए ।

पार्टी भित्रका गुट–उपगुट भन्दा पृथक पहिचान सहित नेपाली काँग्रेसलाई मूल्य, मान्यता, आदर्श र निष्ठाको राजनीतिक बहाक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य सहित आफुले काम गर्ने डाक्टर ठाकुरले बताए । उनले आफूले आफ्नो चिकित्सकीय पेशाका साथै राजनीतिक यात्रालाई पनि सँगसँगै अगाडि बढाउने समेत बताए ।

उनले भने,‘म व्यक्तिगत स्वार्थको लागि नभई पार्टी हितको लागि निरन्त कार्यरत रहनेछु । पार्टी भित्र रहेका विकृति विसंगति हटाई मुल्य मान्यता र आदर्शको राजनीति स्थापित गर्न मलाई यो पद प्रदान गरिएको हो । त्यसैले नेपाली काँग्रेसमा सबै जातजाति अट्ने, खट्ने, जुट्ने सहित गरिब, धनि, मजदुर, किसान, गाउँ, शहर, युवा, बृद्ध, महिलालगायतको समान सहभागिता गराउने छु ।’

राजनीति पेशा होईन सेवा हो र म सेवा कार्यमा सदैव तत्पर रहेको छु,‘उनले भने,‘प्रदेश प्रतिनिधि भएर अझै जिम्मेवारीका साथ पार्टीको हित र जनताको हितमा निरन्तर खटिरहने छु । अझ भनौ थप उर्जा र जोशजाँगरका साथ सेवालाई निरन्तरता दिनेछु ।’

सज्जनको राजनीतिक यात्रा….

वि.सं २०४२ साल कार्तिक ७ गते महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर–१० साडीमा जन्मेका सज्जन बंगलादेशमा अध्ययनरत रहँदा सन् २००७ देखि नेपाली काँग्रेसको राजनीतिमा सक्रीय रहेका छन् । प्रखर वक्ताका रुपमा सानैदेखि आफ्नो छबि बनाएका सज्जनले बंगलादेशमा नेविसंघ च्यापट गठन गरि प्रवक्ताको रुपमा कार्यभार सम्हालेका थिए । उनी त्यतीबेला नेविसंघको बंगलादेश च्यापटको प्रवक्ता थिए ।

सानै उमेरदेखि सामाजिक कार्यमा सक्रिय रहेका सज्जन नेबिसंघमा रहँदा त्यहाँका बिद्यार्थिहरुको असल नेताको रुपमा आफ्नो छबि बनाउन सफल भए । उनी नेपाली काँग्रेसको भातृसंगठन तरुण दलको समेत जलेश्वर नगरपालिकाका नगर सदस्य भई काम गरिसकेका छन् । त्यस्तै, पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको स्वास्थ्य समितिको विज्ञ सल्लाहकारको रुपमा समेत उनले आफ्नो सफल भूमिका निर्वाह गरेका छन् ।

आफ्नो विचार राख्ने कुशलता र भाषणकलाले लोकप्रियता पाएका डाक्टर सज्जन किशोरावस्था देखि नै पार्टीमा क्रियाशिल भएर लागिरहे । नेता तथा कार्यकर्ताबीच लोकप्रिय रहेका उनी स्थानिय राजनीतिमा आफ्नो प्रभाव जमाउन सफल भएका छन् । हाल उनी युवा चिकित्सक संघ प्रदेश २ को संयोजक, नेपाल मेडिकल एसोसिएशनको काउन्सिल सदस्यलगायत दर्जनौं संघ–संस्थामा आबद्ध रहेका छन् । उनी नेपाल डेन्टल एसोसिएशन धनुषाको पूर्वमहासचिव समेत भईसकेका छन् ।

कोमल मन भएका सज्जन समाजसेवामा समेत समर्पित रहेका छन् । सहयोगी भावना र समाजका लागि केही गर्ने दृढ इच्छा शक्ति भएकाले नै उनी समस्यामा परेकाहरुलाई यथा सम्भव सहयोग गर्दै आइरहेका छन् । उनले शिक्षा, स्वास्थ्य र स्वरोजगार आफ्नो राजनीतिको मूल आधार रहेको बताए । आफ्नो गाउँ क्षेत्र बाहेक बाहिरी जिल्ला र प्रदेशकाहरुलाई समेतसहयोग गरेका उनका निकटतम साथीहरुले बताए ।

कोरोना महामारीको विषम परिस्थितीमा समेत आफ्नो ज्यानको परवाह नगरी समस्यामा परेकाहरुलाई उनले सहयोग गरेका दर्जनौं उदाहरण छन् । उनले लकडाउन अवधिमा मात्र नभई अन्य समयमा समेत स्वास्थ्य समस्या भएकाहरुका लागि निःशुल्क औषधि व्यवस्थापन, स्वास्थ्य परामर्श देखि अस्पताल भर्ना, रगतको व्यवस्थासहितको कार्यमा आफ्नो तत्परता देखाउँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *