Tuesday, January 21
Shadow

पुरुषलाई हृदयाघातकाे बढी खतरा किन ?

सचतक नेपाल डेस्क,
हृदयाघातको कारण कम उमेरमा मै ज्यान गुमाउने सङ्ख्या दिनानुदिन बढ्दो छ । यो समस्या महिलाको तुलनामा पुरुषमा बढी देखिएको छ । उमेरको निश्चित चरणहरूमा, पुरुषहरूमा हृदयाघातको जोखिम महिलाहरूको तुलनामा झन्डै दोब्बर हुन्छ ।

महिलाको तुलनामा पुरुषमा बढी हृदयाघातको खतरा बढी हुनुका कारणहरू के–के हुन् ?
एस्ट्रोजेन
-एस्ट्रोजेन हर्मोनको कारणले पनि पुरुषलाई महिलाको तुलनामा १० वर्ष पहिले हृदयाघात हुन सक्छ । ४५ वर्षको उमेरमा पुरुषमा हृदयाघातको जोखिम बढ्छ भने जबकि महिलामा ५५ वर्षपछि यो बढी हुने सम्भावना हुन्छ ।
मोनोपोज
-५० वर्षपछि पुरुष हर्मोनको रक्तसञ्चारमा र वीर्यमा शुक्रकिटको सङ्ख्यामा पनि फरक पर्दै जान्छ जसको कारण पनि हृदयाघातको सम्भावना बढी हुन्छ ।
-महिलाहरूको महिनावारी सुकिसकेपछि एस्ट्रोजेन हर्मोनकोस्तर बढ्न थाल्छ । उच्च प्रि–मेनोपजल एस्ट्रोजन लेभलले महिलाहरूलाई हृदयाघातबाट बचाउँछ । यही कारणले ५० वर्षसम्मको उमेरमा पनि महिला हृदयाघातको शिकार हुँदैनन् ।
अन्य कारण
कोलेस्ट्रोलको स्तर, उच्च रक्तचाप, मधुमेह र धूम्रपान, शारीरिक गतिविधि आदि कारणले पनि महिलाको तुलनामा पुरुषमा हृदयाघातको सम्भावना बढी हुन्छ ।
महिलामा हृदयाघातको साइलेन्ट लक्षण
-महिलामा पुरुषको तुलनामा हृदयाघातको सम्भावना कम भए पनि महिला र मधुमेहका बिरामीहरूमा हृदयाघातको लक्षण अलि फरक किसिमको देखिन्छ ।
-हृदयाघात हुँदा साइलेट्न किसिमको लक्षणहरू देखिन्छ । छाती दुख्नेभन्दा पनि असजिलो हुन, आत्तिने, पसिना आउने जस्ता सामान्य लक्षणहरू देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *